एमाले कार्यकर्ताका कारण माइतीघरमा तनाव (भिडियो)
२२ असोज, काठमाडौं । नेकपा (एमाले)का कार्यकर्ताका कारण मइतीघर मण्डलामा तनाव भएको छ । बुधबार राति रूखमा बानिएको व्यानर एमाले कार्यकर्ताले काटिदिएपछि जेनजी पुस्ताका युवाहरूले प्रतिवाद गरेका हुन ।

एमाले कार्यकर्ताले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारी लेखेर राखेको व्यानर एमाले कार्यकर्ताले काटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङलाई कारबाही गर्नुपर्ने ब्यानर राखेपछि विवाद भएको हो ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार २२:५४












