एमाले नेता विष्ट भन्नुहुन्छ, ‘अब टु मच भयो केपी बा कुछ तो सरम करो’
२२ असोज, काठमाडौँ । नेकपा एमाले मुस्ताङका लोकप्रिय नेता राजु विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थोरै भए पनि सरम मान्न अनुरोध गर्नुभएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जाने भन्ने समाचार पढेपछि राजुले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै ‘अब टु मच भयो केपी बा कुछ तो सरम करो’ भन्ने टिप्पणी गर्नुभएको हो ।

विष्ट मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका उपल्लो मुस्ताङका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ दोस्रो कार्यकाल गाउँपालिकको अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधबार ओलीले एमालेको नेतृत्व नछाड्ने भनेर जिल्ला अध्यक्षहरूसँग भनेको कुरा बाहिरिएपछि विष्टले यस्तो बताउनुभएको हो ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार २२:०२












