१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

नवनियुक्ति हुने राष्ट्र सेवक कर्मचारीलाई जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्न आग्रह

२२ असोज, काठमाडौँ । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ ।

अन्यथा बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बिमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बिमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बिमा संस्थानमा बिमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १६:३२