२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ को बिन्दुमा बन्द भएको छ । आज ३३५ वटा कम्पनीहरुको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 बुधबार कुल २३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १८ वटाको मात्र बढेको छ । यस दिन सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ। प्रभु इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ६.१२ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:१९