साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
२२ असोज, काठमाडौं । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतसँग आज नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। साइबर क्राइमको आरोप लागेका बस्नेत बुधबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले जनाएकाे छ ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ११:०८












