२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२२ असोज, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:२८