बालेन र सुधनविरुद्ध अखिलको जाहेरी, प्रहरीले २४ घण्टापछि जवाफ दिने
२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् ।
प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने/नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताउनुभयाे ।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १७:५६












