१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

दशैँ पछिको पहिलो कारोबार दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

२१ असोज, काठमाडौं । दशैंपछि पहिलोचोटी खुलेको बजारमा उच्च अ‍ंकको गिरावट आएको छ । यस दिन नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा बन्द भएको छ । आज ३२६ वटा कम्पनीको १ करोड तीन लाख कित्ता सेयर कारोबार हुदाँ चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

आज २३५ वटा कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको छ भने १६ वटाको मात्र सेयरमूल्य बढेको छ । आज सेन्चुरी डिबेन्चर २०८८ को सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको हो । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:२३