सूर्यज्योति लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निमाण कोषमा १ करोड ५० लाख सहयोग
२१ असोज, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सलले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १ करोड ५० लाख सहयोग गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले मंगलबार बिहान अर्थमन्त्रीलाई सो कोषमा जम्मा हुने गरी १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएकाे छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ।
सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माण, आर्थिक पुनरुत्थान र राहात लगायतका कार्यका लागि नेपाल सरकारले भौतिक पूर्वाधार पुननिर्माण कोष स्थापना गरेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ११:३१












