४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२१ असोज, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असोज २१ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सो सेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:04