२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

केपी ओलीलाई पक्राउ गर्ने जुक्ति खोज्दै रातभर बालुवाटारमा बैठक

२१ असोज, काठमाडौँ । ज्यान जोगाउन २०८२ भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट हेलिकप्टर चढेर भागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीई पक्रउ गर्ने जुक्ति खोज्दै रातभर बैठक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा पक्राउको जुक्ति खोखिएको हो ।

काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाह बालेन र जेनजी पुस्ताको अभियान अपहरण गरेको अभियोग लागेका सुदन गुरूङसहितले प्रधानमन्त्री, गृहमन्त्री र न्यायीक जाँचबुझ आयोगका प्रतिनिधिलाई भेटेर र फोन गरेर दबाब दिएपछि सोमबार राति चारै सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दैनिकीलाई प्राप्त सूचना अनुसार दोस्रो घेराको छलफलमा दिउँसो काठमाडौँ प्रहरी परिसरमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउका लागि किटानी जाहेरी बोकेर पुगेको सुदनको समूह पनि रहेको थियो । उनीहरूले सामाजिक सञ्जाल मार्फत पनि पक्राउका लागि दबाब बढाएको र प्रहरीसँग नोकझोक गरेर सडकबाटै देखाइदिने भन्दै हिँडेपछि प्रधानमन्त्रीले चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक राख्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की लगायत उपस्थित रहनुभएको थियो । छलफलमा कानुनी बाटोबाटै ओली र लेखकलाई कसरी पक्राउ गर्न सकिन्छ भन्ने जुक्तिको खोजी भएको छ ।

dainiki.com

स्रोतका अनुसार प्रहरीले न्यायायीक जाँजबुझ आयोगले काम सुरू गरिसकेको अवस्थामा ओली र लेखकलाई पक्राउ गर्न नसकिने विषय जाहेर गरेको थयो । प्रहरीले सम्भावित जोखिमको विषय समेत उठान गर्दै प्रधानमन्त्रीले लिखित रूपमा पक्राउको आदेश दिनुपर्ने विषय समेत उठाएको स्रोतको दाबी छ । छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउको कानुनी आधार अर्थात जुक्ति दिन सुरक्षा प्रमुखहरूसँग अनुरोध गर्नुभएको थियो । जेनजीका प्रतिनिधिहरू भने पक्राउदेखि सरकार विस्तारसम्मको कुरामा विभाजित हुँदै गएका छन ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ०७:४८