तीन वैज्ञानिकलाई सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार
२० असोज, काठमाडौँ । तीन वैज्ञानिकलाई सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार पाउनेमा मरी ई. ब्रङ्को र फ्रेड राम्सडेल र शिमोन साकागुची रहनुभएको छ । तीन मध्ये ब्रङ्को र राम्सडेल अमेरिकाको हुनुहुन्छ भने साकागुची जापानको हुनुहुन्छ । समितिले शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्याउने अनुसन्धान गरेकाले पुरस्कार प्रादन गरिएको जनाएको छ ।

नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु भएको हो । सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू पुरस्कृत भइसकेका छन् ।
गत वर्ष अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो । माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणुहरू हुन्, जसले कोशिकाभित्र स्विचहरू अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछन् ।
यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन् । नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ ।
पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक आदरणीय अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो । नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक हुनुहुन्थ्यो । सन् १८९६ मा उहाँको निधन भएको थियो ।
प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १५:५२












