२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

रावा इनर्जिले बोलायो साधारण सभा, सेयरधनीको हात खाली

२० असोज, काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले साधारण सभा बोलाएको  छ । कम्पनीले कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा छैठौँ साधारण सभा बोलाएको हो ।

सो सभा दिउँसो १ बजेदेखि सभा सुरु हुने छ । उक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने पेश गरेको छैन । यो बर्ष सेयरधनीहरूको हात खाली हुनेछ ।  साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने भएकाको छ । यसको अर्थ असोज २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै उक्त सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:२२