इलाममा पहिरोमा पुरिएर २८ जनाको मृत्यु, अझै केही व्यक्ति सम्पर्कबिहीन
१९ असोज, इलाम । इलामको विभिन्न स्थानमा पहिरोमा पुरिएर २८ जनाको मृत्यु भएको छ । गएरातिदेखिको अविरल वर्षाको कारण खसेको पहिरोमा परेर २८ जनाको मृत्यु भएको उद्धारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिका १ मा ५, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३, माइजोकमाइ नगरपालिकामा ८ जना, सन्दकपुर गाउँपालिकामा ३ र इलाम नगरपालिका ६ मा ६ जना जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार अझै पाँच जना हराइरहेका छन । पहिरोले दसौँघरहरू पुरेको स्थानीयले बताएका छन ।
प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १३:०६












