२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

पहिरोमा परेर इलाममा मात्रै १८ जनाको निधन

१९ असोज, इलाम । निरन्तरको वर्षासँगैको पहिरोमा परेर कोशी प्रदेशको इलाम जिल्लाका विभिन्न ठाउँमा १८ जनाको ज्यान गएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेल अहिलेसम्म इलाममा १८ जनाको निधन भएको पुष्टि भएको जानकारी दिनुभयो ।

dainiki.com

प्रहरीका अनुसार इलामको सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु निधन भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार ११:०४