२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काठमाडाैँबाट बाहिरिने र भित्रिने सवारी तीन दिनका लागि बन्द गर्ने सरकारको निर्णय

१८ असोज, काठमाडौँ । सरकारले काठमाडौँबाट बाहिरिने र भित्रिने सवारी तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गर्ने निर्णय भएको गृह मन्त्रालय अर्न्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

शनिबार प्राधिकरणको प्रवक्ता शान्ति महतले विज्ञप्ति नै जारी गरेर  भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ।’

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार १०:३१