२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द, यस्तो छ प्रहरीको सूचना

१८ असोज, काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय चितवनले चितवन जिल्लामा रहेका राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । कार्यालयले सामाजिक सञ्जाल फेसबुक मर्फत सूचना जारी गर्दै बिहान ६ बजेबाट राजमार्ग बन्दको निर्णय भएको जानकारी दिएको छ ।

dainiki.com

फेसबुक मार्फत प्रहरीले भनेको छ, ‘सूचना एवं जानकारी 🙏 पानी परिरहेको छ। चितवनको मुग्लिन स्थित तुइन खोलामा पहिरो लगाएतका स्थानहरुमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६:०० बजे बाट) चितवन स्थित राजमार्गमा सबारी आवागमन बन्द गरिएको ब्यहोरा सबैको जानकारिको लागि सुचित गरिन्छ । साथै आवागमन सुचारु हुनासाथ पुन जानकारी गराइने छ।।🙏’

यसअघि तुइन खोलामा झरेको पहिरो डोजरको सहायताले खुलाइएको थियो । राजमार्गमा धेरै ठाउँमा पहिरोको जोखिम रहेका कारण जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी नहुँदासम्मका लागि राजमार्ग बन्द गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार ०८:३२