१७ पुष २०८२, बिहीबार | Fri Jan 2 2026

साइबर अपराधमा महेश बस्नेतमाथि अनुसन्धान हुँदै

१३ असोज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरूद्ध साइबर अपराधमा अनुसन्धान हुने भएको छ ।

शोभा पाठकको जाहेरीको सम्बन्धमा अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले हस्ताक्षर गरेर प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोमा पत्राचार गरेको छ ।

चलानी नम्बर  ९६ को असोज ४ मा लेखिएको पत्रमा थप अनुसन्धान गर्ने भनिएको छ । बस्नेतले विधुतीय माध्यमको प्रयोग गरेर अपशब्द प्रयोग गर्दै चरित्रमा प्रश्न उठाएको शोभाको दाबी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार १७:११