१७ पुष २०८२, बिहीबार | Fri Jan 2 2026

जेनजी आन्दोलनमा गम्भीर घाइते नुवाकोटका राईको मृत्यु

१३ असोज, काठमाडौँ । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते हुनुभएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति मृत्यु भएको हो । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको परिवारका सदस्यले जानकारी दिनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राई घाइते हुनुभएको दुई दिनसम्म आईसीयूमै गुमनाम हुनुहुन्थ्यो । काठमाडौँको बालाजुमा मजदुरी गर्दै आउनुभएका राईको टाउको पछाडिको भागमा गोली लागेको थियो । उपचारको क्रममा कोमामा रहनुभएका राईको गएराति मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार ०८:५३