१७ पुष २०८२, बिहीबार | Fri Jan 2 2026

कठमाडौँको भिमशेनस्थानमा भिषण आगलागी, आगो नियन्त्रणबाहिर

१३ असोज, काठमाडौँ । कठमाडौँ महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भिमशेनस्थान नजिक भिषण आगलागी भएको छ । वडा कार्यालयसँगै रहेका घरहरूमा आगो फैलिन सुरू भएको प्रत्यक्षदर्शी विक्रमजंग रानाले जानकारी दिनुभयो । कपडा कोदामबाट आगो सुरू भएको अनुमान गरिएको छ । आगोले ५ वटा घरमा क्षति पुगिसकेको छ ।

dainiki.com

आगलागी नियन्त्रणका लागि नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुरमहानगरपालिकाको सहित ६ वटा दमकलको सहायताले काम भैरहेको छ तर सफल हुन सकेको छैन । साँघुरो गल्ली भएका कारण दमकलले सीधै पानी हाल्न नसकेपछि भाडामा पानी ओसारेर आगो निभाउने प्रयास भैरहेको छ । आगजनीको कारण केही खुलेको छैन् ।

बिहान ४ बजेबाट आगलागी भएको भए पनि दमकल पुग्ना ढिला हुँदा आगो नियन्त्रणबाहिर पुगेको स्थानीयले बताएका छन ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार ०६:०७