१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

१२ असोज, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको निवासका लागि भाडामा घर खोज्ने प्रक्रिया सुरु गरेको छ।  गत भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो। राष्ट्र बैंकले अहिले उहाँको बसोबासको लागि ललितपुरमै घर भाडामा खोजेको छ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी जग्गामा रहेको घर आवश्यक पर्ने उल्लेख छ।

घर कम्तिमा चार बेडरुम, सबै आधुनिक सुविधा र साढे दुईदेखि तीन तलासम्मको संरचना भएको हुनुपर्नेछ। साथै, छ वटा गाडी पार्क गर्न मिल्ने पर्याप्त ठाउँ र सुरक्षा गार्ड बस्न योग्य व्यवस्था हुनु अनिवार्य छ। इच्छुक पक्षले असोज २७ गतेसम्म प्रस्ताव बुझाउन सक्नेछन्।

इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट घर भाडा प्रस्ताव सम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरि प्रस्ताव पेस गर्न सकिनेछ।

प्रकाशित मिति : September 28, 2025 at 1:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/