१७ पुष २०८२, बिहीबार | Fri Jan 2 2026

पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

११ असोज, नुवाकोट । पसाङल्हामु राजमार्गको पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । विदुर नगरपालिकाबाट बेलकोटगढी नगरपालिकातर्फ गैरहेको बा ९१ प२९८७ नम्बर को पल्सर मोटरसाइकल पिपल्टार चोक बाट १०० मिटर तल खोल्सामा खसेको नुवाकोट प्रहरीका प्रवक्ता डिएसपी विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँले राति २ः३० बजेको समयमा मोटरसाइकल दुर्घटनामा परेको र मोटरसाइकल चालक विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारका २३ वर्षीय सन्तोष श्रेष्ठ घाइते हुनुभएको बताउनुभयो ।

घाइते श्रेष्ठको चक्रदेव मेडिकलमा उपचार भैरहेको छ । श्रेष्ठको बाँया हात, दुबै घुँडा र पैतालामा चोट लागेको र अवस्था मध्यम रहेको डिएसपी लामाले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार ११:४४