ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित
१० असोज, काठमाडौं। ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज उक्त सभा कमख पोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १७:५६














