१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बाबुआमासहित तीन छिमेकीको गोली हानी हत्या 

१३ माघ, काठमाडौं  । अमेरिकाको लुजियानामा बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएर पाँचजनाको हत्या गरेको प्रहरीले जनाएको छ। गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको मृत्यु भएको हो ।

गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले जनाएको छ । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि गोली प्रहार गरेका हुन् । आमाबाबुको उपचारको क्रममा निधन भएको प्रहरीको भनाइ छ । त्यसअघि उनले छिमेकका तीनजनाको गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १०:३०