२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा

१० भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा ९संख्या० लाई अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको जनाएको हो ।

बडादशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यस्तो सीमा बढाइएको उक्त परिपत्र उल्लेख छ । अब एक व्यक्तिले एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि एक दिनमा एक व्यक्तिले बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिन्थ्यो ।

यो व्यवस्था असोज १३ गतेदेखि असोज २१ गतेसम्म र कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि लागू हुनेछ । उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम विभागलाई जानकारी गराउन सम्पूर्ण भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन समेत दिइएको छ ।

प्रकाशित मिति : September 26, 2025 at 11:17 am