२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

व्यक्तिको घरमा आगजनी हुँदा देखिएको नगदको छानबिन सुरू भइसक्यो: प्रधानमन्त्री कार्की

९ असाेज, काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहको आन्दोलन क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको बताउनुभएकाे छ । सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै साे नगदबारे सम्बद्ध निकायले छानबिन गरिसकेको बताउनुभएकाे हाे ।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजि घर तोडफोड, आगजनी हुँदा स्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरू गरिसकेको छ,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:३६