नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
९ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से २.३५ अकंले घटेर २६५२.०० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३० करोड ९ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, यस दिन युनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:२४













