हिम स्टार उर्जाको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
९ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से २.३५ अकंले घटेर २६५२.०० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन हिम स्टार उर्जाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर यस दिन प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँ पुगेको हो ।
साथै, यस दिन प्रभु बैंक डिबेञ्चरको ८.०७ प्रतिशत, कालिका पावरको ६.७२ प्रतिशत, गुराँस लघुवित्तको ६.२५ प्रतिशत र सानिमा डिबेञ्चरको ६.२३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:२०













