हुन्डाई क्रेटा खरिदकर्ताले पाए १० लाखको पुरस्कार
९ असाेज, काठमाडाैं। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरअन्तर्गतको पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी सो अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु. १० लाख जित्दै पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन्।
भदौ २, २०८२ देखि सुरु भएको यस अफरअन्तर्गत ग्राहकहरूले अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षसम्मको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने सुविधा पाउनेछन्। साथै, प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुनेछ।
प्रकाशित मिति : September 25, 2025 at 12:04 pm









