ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्ने, एकैचोटी बोलायो तीन आवको साधारणसभा
९ असोज, काठमाडौं । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक बोलाएको हो ।
बैकठले कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा साधारण सभा बाेलाएकाे हाे । साे सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा हाल कायम रहेको जारी तथा चुक्तापूँजीबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यसका साथै आव २०७८/७९, २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गररी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित उक्त अवधिको नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल र सञ्चालक नियुक्तीको अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्न सञ्चालक चयन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले आगामी कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै उक्त सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १०:५९













