लाभांश पारित गर्न सानिमा क्यापिटलले बोलायो साधारणसभा
९ असोज, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले असोज ३० गते आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट शेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
प्रकाशित मिति : September 25, 2025 at 10:25 am









