१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

नेपाल टेलिकमको विलिङ प्रणालीको ठेक्का रोकियो

८ असोज, काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का रोकिएको छ । टेलिमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का रोकिएको हो ।

​जेनजी आन्दोलनका कारण बुधबार प्रस्तावित मूल्य खोल्ने भनिएको मिति पहिले नै सारिएको थियो । तर, टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १७:४७