१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सरकारले आर्थिक रुपमा कमजोर भएका संस्थानमा थप लगानी नगर्ने, सेयर जारी गर्न रोक्का

८ असोज, काठमाडौं । सरकारले आर्थिक रुपमा कमजोर भएका तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च कटौतीसम्बन्धित निर्णयमा आर्थिक अवस्था कमजोर भएका तथा साँवा र ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने निर्णय गरेको हो ।

यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निष्कासन (एफपिओ) सेयर जारी गर्न रोक्का गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १२:०३