यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा
८ भदौ, काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उकम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा सो सेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने ३४ हजार ४०३ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट कम्पनीको बाँडफाँड गरिएको छ। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी ६ कित्ता सेयर ६ जनालाई एकरएक कित्ताका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
आईपीओको नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओको नतिजा सिडीएससीको मेरो सेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://himalayancapital.com/result बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १०:२४












