२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मञ्जुश्री फाइनान्सले घोषणा गर्यो १५ प्रतिशत नगद लाभांश

८ असोज, काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

सञ्चालक समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा र आ.व. २०८१/८२ को वित्तीय विवरण प्रतिवेदनको आधारमा संस्थाका सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ०९:१९