धितोपत्र बोर्डका कर्मचारी आन्दोलित, अध्यक्षको राजीनामा माग्दै खोसे गाडीको चाबी
७ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटास्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरेका हुन् ।
योसँगै कर्मचारीहरुले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले चढ्दै आएको गाडीको चाबी समेत खोसिदिएका छन् । कर्मचारीहरुले अर्थमन्त्रालयले आफूहरुले खाईपाई आएको विभिन्न सेवासुविधा कटौति गरेको र अनपेक्षित आर्थिक भार थोपर्ने गरी आफूहरुसँग सल्लाह नगरी निर्णय भएको भन्दै त्यसको विरोध गर्दै सो निर्णय सल्ट्याउन वा राजिनामा दिन माग गरेका हुन् ।
साथै, उनीहरूले बोर्डमा तालाबन्दी समेत गरेका छन् । आफूहरुको माग पूरा नभएसम्म बोर्डमा लगाएको ताला नखोल्ने र बोर्ड अध्यक्षलाई गाडी पनि चढ्न नदिने उनीहरुको अडान छ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १७:२५













