२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था देखियोः राजेन्द्र मल्ल

७ असोज, काठमाडौं । नेपाल चम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको बताउनुभएको हो ।

‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भन्नुभयो । जेनजी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्यो,’ उहाँले भन्नुभयो ।

निवर्तमान अध्यक्ष मल्ले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनु पर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १०:३०