स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने
७ असोज, काठमाडौं । स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कात्तिक १ गते साधारण सभा बोलाएको छ । उक्त सभा काठमाडौंको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको जारी पूँजीको २१ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यु रेटिङ गर्ने, कम्पनीको लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने र जग्गा खरिद गर्ने र खरिद कार्यको अनुमोदन गर्ने, गत आवका वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०९:३३












