२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ असोज,  ।  दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले असोज २४ गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। । उक्त सभाबाट अनुमोदन भएपश्चात लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यस्तै यूनिभर्सल पावरले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा बाेलाएकाे छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०९:०८