२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

स्कुटर दुर्घटनामा गम्भीर घाइते नमोबुद्धका पूर्वमेयर तिमल्सिनाको निधन

७ असाेज, काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो । गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत हुनुहुन्थ्यो । तिमल्सिनाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०८:२७