२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

धादिङको जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौँ सडक दुईतर्फी अवरुद्ध

७ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । यसअघि खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हो ।

पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०७:३६