२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सेयर लगानीकर्ताले भेटे अर्थमन्त्री, पुँजी बजार सुधारका लागि दिए ७ बुँदे सुझाव

६ असाेज, काठमाडौं । सेयर लगानीकर्ताहरुले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर पूँजीबजार सुधारका लागि सुझाव दिएका छन् । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री खनाललाई पुँजी बजार सुधारका विभिन्न ७ बुँदे सुझाव पेश गरेका हुन् ।

उनीहरुले नेपाली पुँजी बजारमा गैर आवासीय नेपाली नागरिकलाई भित्र्याउने कार्यमा जोड दिन अर्थमन्त्रीसँग आग्रह गरेका छन् । साथै, उनीहरूले पूँजीगत लाभकरको विषय, व्यक्तिगत सेयर धितो कर्जा, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने सम्बन्धमा, लघुवित्त संस्थाको लाभांश वितरण लगायतका सुझाव पेश गरेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १६:१८