२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

दक्ष जनशक्ति उत्पादनका लागी क्याम्पसले नयाँ विषय समावेश गर्नुपर्छः मुख्यमन्त्री राई


१० चैत, मोरङ । मोरङको उर्लाबारी क्याम्पसमा ३० औँ वार्षीकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गरी दक्ष जनशक्ति उत्पादन गर्नमा क्याम्पस केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

हाल प्रदेश सरकार कानून निर्माण गर्ने चरणमा रहेको बताउँदै मुख्यमन्त्री राईले त्यसपछि नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अघि बढ्ने बताए । प्रदेश नं १ पर्यटन, कृषि, धार्मिक, व्यापारलगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै मुख्यमन्त्री राईले अब योजनाबद्ध रुपमा नयाँ पूर्वाधार खडा गरेर नमूना प्रदेश बनाउने उद्घोष गरेका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १८:३३