गरिमा सेक्युरिटिजले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
६ असोज, काठमाडौं। गरिमा सेक्युरिटिज लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २७ गते काठमाडौंको कमलपोखरीमा रहेको कम्पनीको कार्यालयमा तेस्रो साधारण सभा बोलाएको हो । सभा साँझ ४ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०९:४८












