१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सेयर बजारमा उछाल आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

५ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ११६.०१ अंकले बढेर २६२७.९३ को बिन्दुमा बन्द भएको छ । आइतबार विभिन्न ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ४८ करोड २८ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँ, शिवम् सिमेन्टको २७ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १५:१२