लगानीकर्ताहरूले भेटे गभर्नर, सेयर बजार सुधारका लागि बुझाए ६ बुँदे मागसहितको ज्ञापनपत्र
५ असोज, काठमाडौं । लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेललाई ६ बुदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की लगायतको टोलीले गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख उपस्थिति रहेको सेयर बजारमा राष्ट्र बैंकको सक्रियता अपरिहार्य रहेको भन्दै लगानीकर्ता मैत्री वातावरण बनाउन आग्रह गरेका छन् । बैक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउनु पर्ने, लघुवित्तको लाभांशको क्याप हटाउनु पर्ने, सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १३:०३













