२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल नियुक्त

५ असाेज, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेपाल लाइफ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर लगत अद्यावधिक राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : September 21, 2025 at 10:03 am