११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । यो व्यवस्थाको आज प्राविधिक परीक्षण हुने र असोज ७ गतेदेखि मात्र पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ ।

भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो ।

२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ०९:४२