तारकेश्वर नगरपालिकामा तीन महिनादेखि रोकियो विकास निर्माणको भुक्तानी
४ भदौ, काठमाडौँ । तारकेश्वर नगरपालिकामा तीन महिनादेखि रोकियो विकास निर्माणको भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएपछि श्रमिक, कर्मचारी, निर्माण व्यवसायी, सामग्री आपूर्तिकर्ता सहित समस्या परेका छन ।
देशैभर स्थानीय तहमा लेखा अधिकृतले कमिसन मागेर भुक्तानी रोकिरहेको खबर सार्वजनिक भैरहेको समयमा तारकेश्वरमा तीन महिनादेखि रोकिएको विषयमा बाहिर आएको हो । तारकेश्वरको युवा व्यवसायी समेत रहनुभएको सामाजिक अभियन्ता युवराज तिवारीले नगरपालिकाको नतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको छ, ‘तारकेश्वोर नगरपालिका भित्र विकास निर्माणको भुक्तानी तीन महिना भन्दा बढी रोकिएका सम्बन्धमा गम्भीर ध्यानाकर्षण । तारकेश्वोर नगरपालिकाभित्र सम्पन्न भएका विभिन्न विकास निर्माणका कार्यहरूको भुक्तानी लामो समयदेखि रोकिँदै आएको विषयमा हजारौं श्रमिक, कर्मचारी, निर्माण व्यवसायी, सामग्री आपूर्तिकर्ता र सरोकारवालाहरू गम्भीर रूपमा पीडित बनेका छ्न र यस बिसयमा दैनिक जसो धेरै फोन कल हरु आईरहेको छ । जनताको पसिना र श्रमलाई सम्मान गर्नुपर्ने राज्य संरचना आफैले अपारदर्शिता र ढिलासुस्तीको चरम रूप देखाउँदै जनतालाई चाडपर्व नजिकिँदै गर्दा अपमानित तुल्याएको छ ।’
उहाँले तीन बुँदामा भुक्तानी रोकिएको कारण तत्काल सार्वजनिक गर्न पनि माग गर्नुभएको छ । यस्तै पीडित श्रमिक र व्यवसायीलाई तुरुन्तै भुक्तानी प्रदान र भविष्यमा यस किसिमको अनियमितता नदोहरिने स्पष्ट कार्ययोजना प्रस्तुत गर्न अनुरोध गरिएको छ ।
उहाँले तत्कालै ठोस कदम नचालिए हजारौँ श्रमिक, व्यवसायी र सरोकारवाला एकैसाथ नगरपालिका घेराउ गर्न बाध्यता हुने चेतावनी समेत दिइएको छ । नगरपालिकाको नेतृत्वमा नेपाली कांग्रेसका युवा नेता कृष्णहरि महर्जन हुनुहुन्छ भने प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद आचार्य हुनुहुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १५:१७












