खरानीको टीका लगाएर नयाँ इतिहास रच्न तयार छाैँः गोकुल बास्कोटा
३ असोज, काभ्रे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले खरानीको टीका लगाएर नयाँ इतिहास रच्न तम्तयार भएर बसेको बताउनुभएको छ । संविधान दिवस मनाउन काभ्रेपलाञ्चोक जिल्लामा एमालेले गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले निर्वाचन सामना गर्न तयार गरेको पनि बताउनुभयो ।

उहाँले तोकिएकै समयमा निर्वाचन गराउन वर्तमान सरकारसँग आग्रह गर्दै एमाले तीन वटै पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘पुराना पुस्ताको सम्मान गर्छौ प्रतिनिधित्व गर्छौं । बीचको पुस्ताको नेतृत्व गर्न सक्छौ भावनाहरुको सम्मान गर्न सक्छौं ।’
प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १९:३९








